राजनीति

फुट्यो जसपा, उपेन्द्र यादवमाथि डा बाबुराम भट्टराईको ७ बुँदे आरोप

जनता समाजवादी पार्टी विभाजित भएको छ । यसका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले मंगलबार आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक आह्वन गरी सञ्चालन समेत गर्नुभएको छ ।

जडीबुटीस्थित एक पार्टी प्यालेसमा आयोजित पार्टीको विस्तारित बैठकमा उहाँले पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवलाई विभिन्न सात बुँदामा आरोप लगाउनुभएको छ ।

उहाँले पार्टी पुनःगठन गर्नुपर्ने अवस्थामा पुगेको बताउँदै अध्यक्ष यादवका कारण यस्तो भएको जिकीर ती बुँदाहरुमा गर्नुभएको छ ।

वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने वा विचार मिल्नेसँग पार्टी एकता गर्ने दुई विकल्प आफूसँग रहेको बताउँदै डा भट्टराईले अध्यक्ष यादवसमक्ष वैचारिक, सङ्गठनात्मक, नेतृत्व पद्धति र मोडालिटीमा प्रश्न उठाउनुभएको छ ।

उहाँले अध्यक्ष यादवमा कार्यशैली, पार्टीमा आवश्यक व्यवस्थापन र सुशासनमा समस्या रहेको आरोप लगाउनुभएको छ ।

बैठकका आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै डा भट्टराईले जसपाको वैधानिक बहुमत रहे या नरहेपनि पार्टीको पुनःगठन अनिवार्य र अपरिहार्य रहेको दाबी गर्नुभएको छ ।

यही विस्तारित बैठकले पार्टीको पुनःगठन कसरी गर्ने भन्नेबारेमा ठोस र मूर्त निर्णय गर्ने अधिकार दिएको पनि प्रतिवेदनमा उहाँले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.