जन सरोकार

एसइईमा उत्कृष्ट अङ्क प्राप्त गरेका तीन विद्यार्थीलाई ५० हजार वितरण

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले पालिकाभित्रबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउन सफल तीन जनालाई नगद ५० हजारका दरले पुरस्कार वितरण गरेको छ ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका

पालिकाले रोशी–६ स्थित हरिसिद्धि माविबाट ३.७० जिपिए प्राप्त गरेका प्रशान्त तामाङ र वडा नं ११ स्थित पोक्रा माविबाट ३.५५ जिपिए प्राप्त गर्नुभएका छात्राहरू सङ्गीता राय र हिमानी तामाङ गरी तीन जनालाई प्रोत्साहनस्वरूप रकम वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष दिनेश लामाले तीन जनालाई जनही ५० हजारको चेक हस्तान्तरण गर्नुभएको हो । पालिकाले एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहन गर्ने उद्देश्यले सो रकम वितरण गरिएको उहाँले बताउनुभयो ।

रोशी गाउँपालिकाले लिएको नीतिअन्तर्गत शिक्षकको कार्यसम्पादन मूल्याङ्कनलाई विद्यार्थी सिकाइ अभिवृद्धिसँग आबद्ध गरी आधारभूत र माध्यमिक तहको सिकाइ उपलब्धिका आधारमा उत्कृष्ट विद्यार्थी तथा शिक्षक छनोट तथा सम्मान कार्यक्रम गर्दै आएको छ । सोअन्तर्गत निरन्तरता दिँदै आएको प्रोत्साहन रकम वितरणलाई यस वर्ष पनि निरन्तरता दिइने पालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.