जापान

काठमाडौंका आठ सार्वजनिक अस्पताललाई जापानद्वारा चिकित्सा उपकरण प्रदान

जापान सरकारले काठमाडौं उपत्यकाका विभिन्न आठ सामुदायिक अस्पतालमा नसर्ने रोगको उपचारका लागि चिकित्सा उपकरण प्रदान गरेको छ ।

बिहिबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नेपालका लागि जापानी राजदूत किकुटाले चिकित्सा उपकरण सुधार परियोजना अन्तगएएत ती उपकरण हस्तान्तरण गर्नुभएको हो ।

जापान सरकारको अनुदान सहयोगमा सञ्चालित उक्त परियोजनाले नेपालमा मृत्युको प्रमुख कारण बनेका नसर्ने रोगका बिरामीको उपचार सेवामा सुधार गर्न चिकित्सा उपकरण उपलब्ध गराएको हो ।

सो अवसरमा राजदूत किकुटाले जापान सरकार र जनताको तर्फबाट आयोजनामा ​​संलग्न सबैको प्रयासको प्रशंसा गर्दै यो परियोजनाले उपकरणको अभाव र बुढ्यौलीका कारण चिकित्सा सेवा उपलब्ध गराउन नसकिने अवस्थालाई सुधार्न मद्दत गरिरहेको बताउनुभयो ।

प्राप्त उपकरणबाट अस्पतालहरूले आफ्ना नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यतर्फ नेपालको चिकित्सा र स्वास्थ्य सेवाको क्षेत्रमा अगुवाइ गरिरहने अपेक्षा जापानी दूतावासले गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.