खेलविविध

नेपाल वादोरियो कराते डो सङ्घमा केसीकै निरन्तरता

नेपाल वादोरियो कराते डो सङ्घको तेस्रो केन्द्रीय महाधिवेशनले हरिशरण केसीलाई अध्यक्षमा निरन्तरता दिँदै बुधबार १७ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र गुरुङ, उपाध्यक्षमा पुरुषोत्तम भण्डारी, दीपेन्द्र विष्ट, सरितादेवी शर्मा र यादवलाल श्रेष्ठ, महासचिवमा प्रतीक्षा श्रेष्ठ, सचिवमा श्यामचन्द्र श्रेष्ठ तथा कोषाध्यक्षमा पुरुषोत्तम पोखरेल हुनुहुन्छ ।

यसैगरी सदस्यमा सिमोन खत्री, राजु अधिकारी, लक्ष्मणराज बराल, सुजन नेपाल, निश्चल हीराचन, विनोद कार्की, लक्ष्मी रिजाल शर्मा र ऋष्मा पोखरेल चयन हुनुभयो । उक्त साधारणसभाको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.