त्रिशुलीमा वेपत्ता बसका एक यात्रुको शव भेटियो
शुक्रबार विहान भरतपुर महानगर पालिका वडा नम्बर २९ सिमलतालबाट यात्रुसहित दुई वटा बस बेपत्ता भएको बसका एक यात्रुको शव पश्चिम चितवनको मेघौलीको गोलाघाटमा भेटिएको छ ।
दुर्घटना स्थल सिमलताल भन्दा करिब ५० किलोमिटर पश्चिममा पर्ने गोलाघाट नारायणी नदी किनारमा भेटिएको शव भारतीय नागरिकको रहेको बताइएको छ ।
घोप्टो अवस्थामा बालुवामा आधा पुरिएको अवस्थामा भेटिएको शवको साथमा रहेको भारतीय आधार कार्डको आधारमा पहिचान खुलेको हो ।
त्रिशूली नदीमा यात्रु सहित बेपत्ता भएका दुवै बसको खोजी कार्य शनिबार पनि बिहानै देखी जारी रहेको छ । सशस्त्र प्रहरीको गोताखोर सहितका टोली नेपाली सेना, नेपाल प्रहरीले दुर्घटना भएको दिनदेखि खोजी कार्य जारी राखेको हो ।
अविरल वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकको सिमलतालमा शुक्रबार बिहान पहिरो जाँदा ६२ जना यात्रु सहित दुई वटा यात्रु वाहक बस त्रिशूलीमा हराइ रहेका छन् ।
काठमाडौँबाट गौर जान नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको ०३(००६ ख(१५१६ नम्बरको एन्जलस डिलर्स बस त्रिशूलीमा हराइ रहेको हो ।
प्रतिक्रिया राख्नुहोस्