साहित्य

भानुभक्तद्वारा भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकता प्रवर्द्धन : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भानुभक्त आचार्यले भाषा र साहित्यका माध्यमबाट राष्ट्रिय एकताको प्रवर्द्धनका लागि पुर्‍याउनुभएको विशिष्ट योगदानको स्मरण गर्नुभएको छ ।

आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका अवसरमा पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत सा कुरा बताउनुभएको हो ।

सन्देशमा उहाँले भानुभक्त आचार्यद्वारा नेपाली भाषामा अनुवाद गरिएको वाल्मिकी रामायणले विविध भूगोल, जातजाति, संस्कार र संस्कृति अँगालेका नेपालीबीच अपनत्वको भावना र साझा मनोविज्ञानको निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आदिकवि आचार्यप्रति सम्मान प्रकट गर्ने विशेष दिनका रूपमा भानु जयन्तीलाई ग्रहण गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.