करेन्ट लागेर दुई जनाको मृत्यु
देशका विभिन्न स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । कास्की, पोखरा महानगरपालिका-३१ किमबेशी बस्ने २५ वर्षीय बिष्णु थापा मगरको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । सोही महानगरपालिका-३० खुदि खोलामा ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सरूवा तथा संक्रमण अस्पताल शिसुवामा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै कैलाली, भजनी नगरपालिका-३ ढुसी बस्ने चन्द्र बहादुर पान्डेको छोरा १३ वर्षीय जनार्जन पान्डेको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । आफ्नै घर नजिकैको नालामा घरबाट विद्यतुको तार लगि माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै जनार्जनलाई बचाउने क्रममा करेन्ट लागेर घाइते भएका सोही ठाउँ बस्ने धन बहादुर ठगुन्नाको छोरा १८ वर्षीय पारश ठगुन्नालाई थप उपचारको लागी निसर्ग अस्पताल धनगढी कैलाली रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । जनाको मृत्यु
प्रतिक्रिया राख्नुहोस्