राजनीति

साढे तीन वर्षपछि ओली बालुवाटारबाट बाल्कोट

एमाले अध्यक्ष ओली २०४८ सालको निर्वाचनपछि ओली न सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट आफ्नो निवास बाल्कोट फर्कनुभएको छ । मंगलबार सर्वोच्च अदालतको परमादेशबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद सम्हालेपछि ओलीले बालुवाटार छाड्नुभएको हो ।

पाँच वर्षका लागि जनादेश पाएर २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त तत्कालीन एमाले (एकीकरणपछि नेकपा) अध्यक्ष ओलीले पार्टीभित्र आन्तरिक द्वन्द्वका कारण बीचैमा सरकार गुमाउन बाध्य हुनुभयो ।

यसबीचमा पार्टी एकता पनि टुट्यो भने एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित सो पक्षका २३ जना सांसदले हस्ताक्षर गरी विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा लागेपछि ओली तीन वर्ष ५ महिनाको बालुवाटार बसाईपछि आफ्नो निवास फर्कनुभयो ।

नेकपा एमालका अध्यक्ष समेत रहनुभएका ओली २०४८ सालको निर्वाचनपछि ओली न सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री हुनुहुन्छ । ओलीको विदाईमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारबाट स्कर्टिङ गरेका भए पनि पानीले ओलीको स्वागत र्‍यालीलाई बिथोलेको छ ।

एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.