जन सरोकार

भृकुटीमण्डपमा फेरि आगलागी, निभाउने प्रयास जारी

बुधबार दिउँसो भृकुटीमण्डप स्थित समाज कल्याण परिषद्को स्टोरमा लागेको आगो विहीबार फेरी सल्किएको छ । बिहान ६ः३० बजे तिर आगो सल्केको ठाउँबाट धुवाँ देखिएको थियो ।

विहीबार विहानैदेखि धुवाँ निस्किएपछि प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो ।

बाँकी रहेको आगोबाट थप आगो सल्किएको तर ठूलो क्षति नभएको राठौरले जानकारी दिनुभयो ।  आगो निभाउन काठमाडौं महानगरपालिकाको एउटा दमकल र एउटा पानी ट्याक्टर प्रयोग भई रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.