राजनीति

एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई अधिकारी

लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पदका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपसभामुखमा कास्की क्षेत्र नं. २ की सांसद विद्या भट्टराई (अधिकारी)लाई अगाडि सारेको छ ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई भएको जानकारी दिनुभएको छ ।

त्यस्तै सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुषाल गौतमले उपसभामुखको उम्मेदवारी दर्ता गरिसक्नुभएको छ ।

उपसभामुखको निर्वाचन भोलि असार ३१ हुँदैछ । आज असार ३० गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

संविधानमा सभामुख र उपसभामुख फरक दल र फरक लिंगबाट हुनुपर्ने व्यवस्था छ । हाल सभामुख नेकपा माओवादी केन्द्रबाट अग्नि सापकोटा रहेकाले अब उपसभामुख अरु कुनै दलबाट र महिला हुनुहुनेछ ।

सत्ता गठबन्धनबाट सभामुख भएकाले उपसभामुख विपक्षी दलहरुबाट हुनुपर्ने हो कि होइन भन्ने विषयमा अस्पष्टता कायमै रहेको छ । यसअघि सभामुख माओवादीबाट र उपसभामुख एमालेबाट भएका बेला दुई पार्टी एक भएपछि नेपाली कांग्रेसले त्यसको बिरोध गर्दैआएको थियो ।

अहिले उपसभामुख गठबन्धनबाटै चयन हुँदा फरक दल देखिए पनि विपक्षी दललाई दिनुपर्ने वा सत्ता बाहिर रहेका दलहरुबीच प्रतिस्पर्धा हुनुपर्ने हो कि हैन भन्ने विषयमा भने संविधान अस्पष्ट रहेको ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.