राजनीति

कांग्रेसले गठबन्धन नगरी चुनाव जित्नै नसक्ने अवस्थामा कसले पुर्यायो

पाँचदलीय गठबन्धनको नेतृत्व गर्दै सत्तासीन रहेको नेपाली कांग्रेसले सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर सबैभन्दा बढी पालिकामा विजयी भयो । अब संघीय र प्रदेशसभा निर्वाचनमा पनि गठबन्धनको अपरिहार्यता देखाइएको छ ।

नेपाली कांगेसमा असन्तष्ट समूहले पहिले पनि एक्लै चुनाव लड्नुपर्ने र संघीय संसद तथा प्रदेशसभामा एक्लै लड्नुपर्ने बताइरहँदा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने गठबन्धन नगरे चुनाव हारिन्छ भन्दै त्रास देखाइरहनुभएको छ ।

पार्टी सभापतिमा गठबन्धन नगरी चुनाव नै नजितिने त्रस्त मानसिकता देखाइरहेका बेला नेपाली कांग्रेस काठमाडौंका नेता लोकेश ढकालले सभापतिमाथि गम्भीर प्रश्न उठाउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत गठवन्धन नगरी काँग्रेसलाई चुनाव जित्नै नसकिने ठाउँमा पार्टीलाई कसले र कसरी पुऱ्यायो । यस विषयमा पार्टीमा कहिल्यै छलफल भएको छ ? भन्दै प्रश्नको उत्तर खोज्नुभएको हो ।

ढकालले लेख्नुभएको छ, “कम्युनिस्ट पार्टीसंग तालमेल नगरे चुनाव नै जित्न नसक्ने अवस्थामा पार्टीलाई पुऱ्याउने को को हुन् ? त्यसको जवाफ चाहियो सभापति ज्यु !”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.