क्रिकेटखेल

नेपालद्वारा पाकिस्तान ‘ए’ सामू जितको लागि १८० रनको लक्ष्य 

श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा नेपालले पाकिस्तान ‘ए’ लाई जितको लागि १८० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकाको कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १७९ रन मात्र बनायो । नेपालका लागि सोमपाल कामीले १०१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय पारी खेले भने प्रतिश जिसीले २६ रन बनाए । यी दुईले नवौं विकेटका लागि ५८ रनको साझेदारी गर्दै पाकिस्तानलाई मध्यम स्कोरको योगफल दिएको हो ।

१५ दशमलब ४ ओभरमा ७२ रनमा ८ विकेट गुमाएको थियो । त्यतै १० औं विकेटका लागि सोमपाल र ललितनारायण राजवंशीले ५८ बलमा ४९ रनको साझेदारी गरे । राजवंशी १ रनमा अविजित रहे । यस्तै अर्जुन साउद तथा कुशल मल्लले समान १७/१७ रन जोडे भने गुलसन झाले १३ रआसिफ शेख १२ रन बनाउनु बाहेक  अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तान ‘ए’ का लागि शाहनवाज दहानीले ५ विकेट लिए भने मोहम्मद वासिम जुनियरले ४ विकेट लिँदा मुबासिर खानको भागमा १ विकेट रह्यो । नेपाल आज पाकिस्तानलाई पराजित गर्दै जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा रहेको छ भने पाकिस्तान पनि नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने सुरमा रहेको छ ।

त्यस्तै समूह ‘बी’ अन्तर्गत नै आज हुने अर्को खेलमा भारत ‘ए’ र युएई भिड्दै छन् । प्रतियोगिता असार २८ गतेदेखि साउन ७ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा पाकिस्तान ‘ए’ , भारत ‘ए’ र संयुक्त अबर इमिरेट्स (युएई) छन् ।

त्यस्तै समूह ‘बी’मा आयोजक श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमान रहेका छन् । आज आफनो पहिलो खेल पाकिस्तानका ‘ए’ टोलीसँग खेल्न लागेको नेपालले आफनो दोस्रो खेल साउन १ गते भारत ‘ए’ सँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले साउन ३ गते युएईसँग खेल्नेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल,  गुल्सन झा, सोमपाल कामी, भीम सार्की, देव खनाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, श्याम ढकाल, सूर्य तामाङ, पवन शर्राफ र सन्दिप जोरा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.