जन सरोकार

स्व. बस्न्यातको स्मृतिमा अरुणोदय माविमा अक्षयकोष

अरुणोदय माध्यमिक विद्यालय आरुबारीका संस्थापकमध्येका एक स्व. शारदाविक्रम बस्न्यातको स्मृतिमा उहाँको परिवारबाट अक्षयकोष स्थापनाका लागि विद्यालयलाई दुई लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ ।

शिक्षासेवी, समाजसेवी तथा भाषा साहित्यको सेवामाा सक्रिय रहँदै आउनुभएका बस्न्यातको यही असार २४ गते निधन भएको थियो । उहाँकै स्मृतिमा परिवारबाट १२ औं दिनको पुण्यतिथिमा अक्षयकोषका लागि रकम उपलब्ध गराउने घोषणा भएको हो ।

शुक्रबार उहाँको निधनप्रति शोक प्रकट गर्न उहाँको निवासमा अरुणोदय माध्यमिक विद्यालय र अरुणोदय पूर्व विद्यार्थी समाजका तर्फबाट गएको प्रतिनिधिमण्डल समक्ष सो घोषणा गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपाल, उपप्रधानाध्यापक रीता रायमाझी, पूर्व शिक्षक पृथ्वीमानसिंह बस्न्यात, पूर्व विद्यार्थी समाजका अध्यक्ष त्रिलोचन पौड्याल, उपाध्यक्ष रुपक थापा तथा कार्यसमिति सदस्य राजेश चालिसे लगायतको उपस्थिति थियो ।

त्यस क्षणमा विद्यालयका तर्फबाट प्रधानाध्यापक नेपाल र पूर्व विद्यार्थी समाजका तर्फबाट अध्यक्ष त्रिलोचन पौड्यालले शोक पत्र हस्तान्तरण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

अरुणोदय माविका संस्थापक शारदाविक्रम वस्न्यातलाई सम्मान

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.