एन आर एन न्युजजापान

एनआरएनए जापान निर्वाचन समिति संयोजकमा ईन्जिनियर डम्वरराज पौडेल चयन

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आसन्न ११ अधिवेशन पश्चात हुने कार्यसमिति चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।

नव गठित निर्वाचन समिति संयोजकमा ईन्जिनियर डम्वरराज पौडेललाई चयन गरेको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार तीन सदस्यीय निर्वाचन समितिमा ईन्जिनियर डम्वर पुन र पत्रकार आनन्द कोइरालालाई चयन गरिएको छ। यस्तै बैठकले निर्वाचन अनुगमनका लागि शिवप्रसाद पौडेल र कृष्ण अधिकारीलाई चयन गरिएको छ।

जुलाई १४ तारिक एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलको अध्यक्षतामा बसेको अनलाईन बैठकले आगामी २९ तारिक अधिवेशन तथा ३० तारिक अनलाईन प्रणालीबाट निर्वाचन गरिने जनाएको छ। अनलाईन भोटिगंका लागि पहिलो पटक आईसीसीले तोकेबमोजिम भेरोभोटिगं प्रणालीबाट निर्वाचन गरिने छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.