जापान

जापानमा कीर्तिमानी वर्षा, बाढी-पहिरोको खतरा बढ्यो

पूर्वी जापानमा अहिलेसम्मकै सबैभन्दा भीषण वर्षा भएको छ । मौसम विभागका अनुसार तातो र आद्र हावासहितको वर्षाका काण जापान सागर किनार क्षेत्रमा मूसलधारे वर्षा भैरहेको छ ।

आइतबार विहान अकिता र इवाते प्रान्तको आकाशमा कालो बादल मडारिएको छ । शनिबार अकितामा आएको बाढी र पहिरोका कारण चारजना घाइते भएका थिए ।

अकिता शहरमा दिउँसो २ बजेसम्म पछिल्लो ४८ घण्टामा २५२.५ मिलिमिटर वर्षा मापन गरिएको छ । यसबाट सा शहर हुँदै बग्ने नदीको पानी तटबन्धबाट बाहिरिएर बाढी आएको छ । शहरका अन्य साना नदीहरुमा पनि बाढी आएको छ ।

अकिता शहरको ताइहेइजानमा आइतबार विहानसम्म २४ घण्टामा ३३२.५ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै फुजिसातोमाा २८९।५ र हाप्पो नगरमा २२९ मिलिमिटर वर्षा मापन गरिएको छ ।

त्यस्तै इवाते प्रान्तको निशिवागा नगरकोा एक क्षेत्रमा आइतबार दिउँसो २ बजेसम्म ४८ घण्टामा ३०१.५ मिलिमिटर वर्षा भएको छ । यो सन् २०१७ यताकै सबैभन्दा बढी हो ।

मौसम अधिकारीहरुका अनुसार वर्षा रोकिने वा कम भए पनि साना नदीहरुको बाढीको पानी ठूला नदीमा मिलेर लामो समयसम्म ती क्षेत्रमा क्षति पुग्ने खतरा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.