अर्थ

भारतबाट यतिधेरै घटेर आयो पेट्रोल र डिजेलको मूल्य

नेपालमा लामो समयपछि पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि नेपालमा भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्य पनि घटेर आएको छ ।

भारतीय भन्सारमा रोकिएका ट्याङ्कर नेपाल भित्रिए

नेपाल आयल निगमका अनुसार १६ जुलाईमा भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ६० पैसा र डिजेलमा १६ रुपैयाँ मूल्य घटेको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्ययले घटेको मूल्यपछि पनि निगमलाई पेट्रोलमा १४ रुपैयाँ र डिजेलमा २२ रुपैयाँ घाटा रहेको दाबी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण निगमलाई केही राहत भएको छ । निगमको नोक्सानी घट्नु पनि देश र जनतालाई फाइदै हो । तत्कालै मूल्य घट्ने जस्तो अवस्था भने कम छ ।’

घटेर आएको नयाँ मूल्य पछि पनि निगमलाई महिनामा अझै ४ अर्ब ३२ करोट घाटा रहेको उहाँको भनाइ छ । गत १ जुलाईमा प्राप्त नयाँ मूल्यअनुसार निगमलाई खाना पकाउने ग्याँसमा अझै प्रतिसिलिण्डर ५८२ रुपैयाँ घाटा रहेको पनि उउहाँले बताउनुभयो ।

भारतले खरिद गरेर नेपालाई बिक्री गर्ने ब्रेन्ट क्रुड आयलको मूल्य पछिल्लो दुई सातामा १२ डलर जतिले घटिसकेको छ । आइतबार यो समाचार तयार पार्दासम्म ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय १।२ सेन्टर डलर छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.