जन सरोकार

रैथाने बालीको संरक्षणमा सबैको ध्यान जानुपर्छ

पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीका रैथाने बालीको संरक्षणका लागि सम्बन्धित सबै पक्षले ध्याग दिनुपर्ने बताउनुभएको छ ।

सोमबार आर्थिक वर्ष २०७९र८० मा कृषि ज्ञान केन्द्र कास्कीले संचालन गरेका कार्यक्रमहरू सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रमको उद्घाटन गर्दै पौडेलले सो कुरा बताउनुभएको हो ।

त्यस क्रममा उहाँले रैथाने बालीको संरक्षणमा ज्ञान केन्द्र कास्कीले सह्रानीयय काम गरेको भन्दै सोको लागि आम कृषकहरूलाइ सचेतना जगाउने कार्यक्रम निर्माण गर्न आग्रह पनि गर्नुभयो।

कार्यक्रममा गण्डकी प्रदेश सरकार कृषि मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागाईँ, सोही मन्त्रालयका कृषि विकास निर्देशनालयका महानिर्देशक बासुदेब रेग्मी, कृषि लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा कृषि ज्ञान केन्द्र कास्कीका कार्यालय प्रमुख शालिकराम अधिकारीले आर्थिक बर्ष २०७९/८० मा केन्द्रले संचालन गरेका कार्यक्रमहरू सम्बन्धी जानकारी दिदै रैथाने बाली संरक्षणमा प्रदर्शनी कक्ष स्थापना गरिएको बताउनुभयो।

अधिकारीले क्यु आर कोडको स्क्यान गरी सम्पूर्ण रैथाने बालीहरूको जानकारी लिन सकिने प्रबिधिको विकास गरिएको पनि जानकारी दिनुभयो।

उक्त कार्यक्रममा पोख्रेली जेठी बूढो धानको संरक्षण र उत्पादनमा पूर्याउनु भएको योगदानको कदर स्वरूप पोखरा २३ ठूला खेत निवासी कृषक कलाधर भण्डारीलाइ सम्मान गरिएको सो कार्यालयका कृषि अर्थ विज्ञ संजय ढकालले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.