सूचना/प्रविधि

चन्द्रमामा मानव वस्ती बसाउन मिल्ने गुफा भेटियो

आधा शताब्दीभन्दा लामो समयदेखि चन्द्रमाको अध्ययनका क्रममा वैज्ञानिकहरूले चन्द्रमामा बस्ती बसाउन मिल्ने गुफा पत्ता लागेको बताएका छन् ।

बिबिसीका अनुसार कम्तिमा १०० मिटर गहिरो उक्त गुफा मानिसहरूका लागि चन्द्रमामा स्थायी आधार शिविर बनाउन उपयुक्त हुनसक्ने देखिएको पनि उनीहरूले बताएका छन्।

इटलीस्थित यूनिभर्सिटी अफ ट्रेन्टोका लोरेन्जो ब्रुजोने र लिओनार्दो कारेरले चट्टान भएको ‘मेअर ट्र्याङ्क्विलिटेटिस’ भनिने क्षेत्रमा रेडार प्रयोग गरेर एउटा खाडलभित्र उक्त गुफा रहेको पत्ता लगाएका हुन्।

पहिला समुद्र रहेको ठानिएको उक्त क्षेत्र पृथ्वीबाट खाली आँखाले नै देखिन्छ। करोडौँ वा अर्बौँ वर्षअघि चन्द्रमामा लाभा बग्दा चट्टान भएको ठाउँमा सुरुङ बनेको र उक्त गुफाको निर्माण भएको ठानिएको छ।

स्पेनको लान्जारोतेमा ज्वालामुखीका कारण बनेका गुफाहरूसँग त्यसको तुलना गर्न सकिने बताउने प्राध्यापक कारेरले चन्द्रमाको गुफाबारे अध्ययन गर्ने सिलसिलामा अनुसन्धानकर्ताहरू स्पेनस्थित ती गुफामा पनि पुगेकोजानकारी दिएका छन् ।

विभिन्न देशहरू अहिले चन्द्रमामा पुग्न र स्थायी रूपमा मानवजातिको उपस्थिति गराइराख्न प्रतिस्पर्धा गर्दै छन्। यद्यपि चन्द्रमामा विकिरण, चरम तापक्रम र अन्तरिक्षको प्रतिकूल मौसमबाट अन्तरिक्षयात्रीहरूलाई जोगाउनुपर्ने ठूलो चुनौती हुन्छ।

ब्रिटिश अन्तरिक्षयात्री हेलन शर्मनले अहिले फेला परेको गुफा शिविर बनाउन उपयुक्त स्थल भए जस्तो देखिएको प्रथम मानिसहरू चन्द्रमामा भएका त्यस्ता खाडलमुनि २०(३० वर्षसम्म बस्न सक्ने बताएकी छिन् ।

उक्त गुफा निकै ठूलो भएको भेउ पाइसकेपछि इटलीका ती दुई प्राध्यापकले उक्त स्थान चन्द्रमामा मानिसका लागि आधारशिविर बन्न उपयुक्त भएको ठानेका हुन्। तर अुनसन्धानकर्ताहरूले जमिन छेड्न सक्ने रेडार, क्यामरा रोबट प्रयोग गरेर उक्त गुफाको नक्साङ्कन गर्न सकिने ठानेका छन्।

कसरी पत्ता लाग्यो

झन्डै ५० वर्षअघि वैज्ञानिकहरूले चन्द्रमामा गुफा र सुरुङहरू रहेको अनुमान गरेका थिए। त्यसपछि सन् २०१० मा ुलूनर रिकोनिसन्स ओर्बिटरु अभियानका क्रममा एउटा क्यामराले ती खाडलका तस्बिर खिच्यो। ती खाडल गुफाका मुख भएको वैज्ञानिकहरूको बुझाइ थियो।

तर अनुसन्धानकर्ताहरूलाई ती गुफा कति गहिरा छन् वा ती भत्किन सक्छन् कि सक्दैनन् भन्ने थाहा थिएन। प्रा ब्रुजोने र प्रा कारेरको अनुसन्धानले अहिले ती प्रश्नको उत्तर दिएको छ। यद्यपि उक्त गुफाबारे सबै कुरा थाहा पाउन धेरै अध्ययन हुन बाँकी छ।

अहिले चन्द्रमामा फेला परेको गुफाबाट चन्द्रमाको इतिहास र उत्पत्ति तथा सौर्यमण्डल सम्बन्धी आधारभूत प्रश्नको उत्तर खोज्न पनि सहयोग पुग्न सक्छ।

अन्तरिक्षको प्रतिकूल मौसमको प्रभावबाट जोगिने भएकाले गुफाभित्र रहेका चट्टानमा क्षति पुगेको वा क्षय भएको हुँदैन। त्यसैले तिनले अर्बौँ वर्षअघिको भौगर्भिक सूचना दिन सक्छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.