जन सरोकार
‘भद्राकुमारी घले सदन’मा महानगरको डोजर
पुराना राजनीतिज्ञ तथा समाजसेवी भद्राकुमारी घलेको नाममा स्थापना भएको आश्रम तथा भवनमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
महानगरले धोबीखोला किनारमा रहेको घलेको निवास सरकार जमिनमा रहेको भन्दै तीन दिनको समय दिएर सदन खाली गर्न सूचना जारी गरेको थियो । सदनले भने आफूहरुले प्रयोग गरिरहेको सार्वजनिक जग्गा नभई नापीमा छुटेको दाबी गर्दै आइरहेको छ ।
महानगरको टोलीले सदनको धोबीखोला किनारतर्फ रहेको भवनको पर्खाल भत्काएको हो । अनधिकृत रुपमा सरकारी जमिनमा बनाइएकाले सो भवन भत्काइएको महानगरको टोलीले जनाएको छ ।
सदनले ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत संस्था सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्