यसपटक नेपालले ‘मिष्टर वल्र्ड’को ताज पहिरिने विश्वास
यस वर्षको ‘मिष्टर नेपाल’ आयोजक नेक्स्ट मोडल्स नेपालले यो पटक ‘मिष्टर वल्र्ड’को ताज नेपालले हात पार्ने धेरै सम्भावना रहेको बताएको छ ।
‘मिष्टर नेपाल’का प्रतिस्पर्धामा यसपटक एक से एक प्रतियोगी रहेकोले मिष्टर नेपालको उपाधि जसले जिते पनि ‘मिष्टर वल्र्ड’ नेपाल भित्र्याउन सक्षम रहेको नेक्स्ट मोडल्स नेपाल सिइयो रवि धमलाको धारणा रहेको थियो ।
‘यो पटक हामीले प्रतियोगीको प्रशिक्षणदेखि हरेक पक्षलाई उत्कृष्ट बनाएका छौ’, धमलाले भने ‘मलाई विश्वास छ– यो पटक ‘मिष्टर वल्र्ड’को ताज नेपाल आउने छ ।’
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेक्स्ट मोडल्स नेपालले प्रतियोगी सार्वजनिक गर्दै तयारीको जानकारी दिंदै सो दावी गरेको हो ।
कार्यक्रममा कोरियोग्राफर अभिनेता प्रशान्त ताम्राकारले प्रतियोगीको बिबिधताबारे जानकारी दिए । यो पटक मिष्टर नेपालका प्रतियोगी हरेक पक्षबाट सक्षम रहेको बताए ।
‘हामीले प्रतियोगीलाई प्रतियोगीता केन्द्रित भन्दा पनि जीवन उपयोगी प्रशिक्षण दिएका छौ’, ताम्राकारले भने ‘उपाधि एउटाले जित्छ । अधिकांश प्रतियोगिताको फम्र्याट त्यस्तै हो । तर समाजमा सबै प्रतियोगी अब्बल भने देखिने छन् ।’
प्रतियोगितामा डाक्टर, इन्जिनियर, पाइलट, चार्टर एकाउन्टेन लगायतका पेशागत व्यक्तित्वहरु सहभागी रुपमा रहेको जानकारी दिएका ताम्राकारले समाजमा पुरुष सौन्दर्य प्रतियोगीतालाई हेर्ने दृष्टिकोण समेत बिस्तारै फेरिएको धारणा राखे ।
कार्यक्रममा एक्सपोज नेपालकी अध्यक्ष अर्चना थापाले नेक्स्ट मोडल्सले उत्कृष्ट प्रतियोगिता गर्ने अपेक्षा सहित मिष्टर नेपाल जिम्मा दिएको जानकारी दिइन् ।
‘मिष्टर नेपाल देशकैै उत्कृष्ट प्रतियोगीताको रुपमा चिनाउने उद्देश्यले आयोजना गर्दै आएका थियौ । बिचमा मेरो स्वास्थ्यले साथ दिएन । नेक्स्ट मोडल्सले मेरो विश्वास कायम राखेको छ ।’
कार्यक्रममा २० अन्तिम प्रतियोगी समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा सबै प्रतियोगीले आफ्नो परिचयको अलवा प्रतियोगीतामा आउनुको उदेश्य समेत मिडिया राखेका थिए ।
प्रतियोगीमा निमेश कपाली (काठमाडौंँ), राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कन्चनपुर), रोहिम धौभडेल (भत्तपुर), समर्पण कार्की (बिराटनगर), लोकेश प्रधानाङ्गा (ललितपुर), रिकेश प्रसाई (झापा), विजय दुवाडी (चितवन), राजीव तिवारी (गोर्खा) अनुभव जोशी (ललितपुर), आयन राज चौधरी (सर्लाही), मिकाज कार्की (ललितपुर), डायमण्ड ढुंगाना (अछाम) रहेका छन् ।
यसै गरी रमननाथ गिरी (मोरङ), स्वप्निल अधिकारी (पोखरा), प्रेमकुमार यादव (जनकपुर), दीपेन्द्र शाही (पोखरा), क्रिशल श्रेष्ठ (काभ्रे), प्रविण पाठक (झापा) रहेका छन् । निमेश कपाली (काठमाडौंँ), राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कन्चनपुर), रोहिम धौभडेल (भत्तपुर), समर्पण कार्की (बिराटनगर), लोकेश प्रधानाङ्गा (ललितपुर), रिकेश प्रसाई (झापा), विजय दुवाडी (चितवन) छन् ।
त्यस्त अन्य प्रतिस्पर्धीहरुमा राजीव तिवारी (गोर्खा) अनुभव जोशी (ललितपुर), आयन राज चौधरी (सर्लाही), मिकाज कार्की (ललितपुर), डायमण्ड ढुंगाना (अछाम), रमननाथ गिरी (मोरङ), स्वप्निल अधिकारी (पोखरा), प्रेमकुमार यादव (जनकपुर), दीपेन्द्र शाही (पोखरा), क्रिशल श्रेष्ठ (काभ्रे), प्रविण पाठक (झापा) लगायत प्रतियोगी छन् ।
न्युलुक ‘मिष्टर नेपाल २०२३’को नामबाट आयोजना हुन लागेको प्रतियोगिताको ग्राण्ड फाइनल आगामी शनिबार दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा एक भब्य समारोहकाबीच आयोजना हँुदैछ ।
प्रतियोगीतामा शिर्ष सहित बिभिन्न बिधागत गरेर १२ विजेता छानिनेछ । शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार जित्न सक्नेछन् ।
प्रतियोगिताको शिर्ष सहित अन्य ४ महत्वपुर्ण बिधाका विजेताले पनि यो पटकबाट अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागीको अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
देशभर आयोजना भएको अडिसनमा छानिएका उत्कृष्ट २० प्रतियोगीलाई फानलका लागि आयोजकले स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी बिधामा प्रशिक्षण दिएको छ ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले २००१ देखि नियमित आयोजना हुँदै आएको प्रतियोगीतामा १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुको सहभागिता रहेको नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।
प्रतियोगीताको फाइनल स्पर्धामा अभिनेत्री आँचल शर्मा, पुर्व मिस नेपाल माल्भिका सुब्बा, डा.आयुष्मान घिमिरे, शैलजा अधिकारी, विश्व किरण जैन लगायत निर्णायक रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्