राजनीति

नेपाल पहिलो प्राथमिकतामा छ : मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई सन्देश दिनुहुँदै छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको बताउनुभएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले बधाई तथा शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीको कार्यकालमा दुई देशबीच थप समन्वय र सहकार्य हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, “भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल विशेष र प्राथमिकता साझेदारको रूपमा रहेको छ । हाम्रो पारस्परिक लाभका विषयमा साझेदारीलाई सुदृढ गर्दै र नयाँ मार्ग खोज्दै नेपालको आर्थिक विकासका साथै समृद्धि हासिल गर्न अटल साझेदार हुने प्रतिबद्धता छ”

दुई देशबीचको सदियौँ पुरानो संस्कृति, सभ्यता र खुला सिमानाका कारण दुई देशका नागरिकबीच बलियो सम्बन्ध कायम गरेको भारतीय प्रधानमन्त्री मोदीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

पछिल्लो समय दुई देशबीच कनेक्टिभिटी र ऊर्जालगायत क्षेत्रमा उल्लेख्य प्रगति भएको उल्लेख गर्नुहुँदै उहाँले दुई देशको समग्र विकासमा साझेदारी र सहकार्य गर्न नेपालका प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो ।

सन्देशमा “हाम्रो द्विपक्षीय साझेदारी अझ माथि उठ्छ र दुवै देशका नागरिकको आकाङ्क्षा पूरा गर्न सहकार्यको सुनिश्चिततासहित नजिकबाट काम गर्न तत्पर छौँ ।”

नवनियुक्त प्रधानमन्त्री ओलीको नेतृत्व र अनुभवले दुई मित्र राष्ट्रहरूबीचको सम्बन्ध थप सुदृढ हुने र सहकार्य सकारात्मक दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.