राजनीति

प्रधानमन्त्री मोदीलाई पठाउन लागिएको पत्र बुझ्न दूताबासद्वारा अस्वीकार

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले काठमाडौँस्थित इन्डियाली राजदूतावासले इन्डियाली प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीलाई पठाउन लागेको पत्र बुझ्न अस्वीकार गरेको छ ।

मोर्चाले एक विज्ञप्ति प्रकाशित गरी जुलाई १८ तारिखमा काठमाडौँस्थित इन्डियाली राजदूतावासले इन्डियाली प्रधानमन्त्रीलाई पठाउनुपर्ने पत्र बुझ्न अस्वीकार गरेको जानकारी दिएको हो ।

ब्रिटेनको संसद्ले १९४७ जुलाई १८ तारिखमा इण्डियन इण्डिपेन्टेन्ट एक्ट पारित गरेको ७७ वर्ष पुगेको अवसर पारेर इन्डियाली प्रधानमन्त्रीलाई ग्रेटर नेपालको नक्सासहित औपचारिक पत्र पठाउन लागिएकोा थियो ।

सो पत्र बोकेर इन्डियाली राजदूतावास पुगेका मोर्चाका अध्यक्ष फणीन्द्र नेपाललाई दर्ता फाँटमा आधा घण्टासम्म कुराएर अन्त्यमा पत्र बुझ्न अस्वीकार गरेपछि गोश्वारा हुलाकमार्फत् रजिस्ट्री गरी उक्त पत्र दिल्लीस्थित साउथ ब्लकको ठेगानामा पठाइएको छ ।

दूतावासको दर्ता फाँटमा खामबन्दी पत्र बुझाएर दर्ता नम्बर मागेपछि भित्र सोधेर खबर आएपछि मात्र दर्ता हुन्छ भन्दै त्यहाँका कर्मचारीले माथिल्लो निकायमा चारपाँच पटक सम्पर्क गरेका थिए ।

माथिल्लो निकायले पत्र कसले पठाएको भनेर सोधेकाले हुनसक्छ ती कर्मचारीले प्रत्येक पटक फोनमा ग्रेटर नेपाल नेशनलिस्ट फ्रन्टको नाम लिएका थिए र अन्त्यमा पत्र बुझ्न नसकिने भनेर फर्काएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.