राजनीति

रामहरिलाई सुमनाको चुनौति, भुटानी शरणार्थी काण्ड डिक्लीयर गर्ने हिम्मत छ ?

पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले नेपाली काग्रेसलाई भुटानी शरणार्थी काण्ड कसले रच्यो त्यो घोषणा गर्ने हिम्मत छ भन्दै प्रश्न गर्नुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकको प्रारम्भमा नेपाली काग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा रानालाई मानव तस्करको आरोप लगाउँदै छानबिनको माग गरेपछि उहाँले कडा प्रतिवाद गर्दै सो चुनौति दिनुभएको हो ।

सांसद खतिवडाको आरोप थियो, “संसद् सचिवालयलाई थाहै नदिइ उपसभामुखको लेटरप्याडमा कसले कुन प्रयोजनका लागि सिफारिस गरेको हो भनेर छानबिन गरिनुपर्छ । यसका लागि उपसभामुख संसद्भन्दा बाहिर बसेर छानबिनका लागि सघाउनुपर्छ । यस्तो अवस्थामा उपसभामुखले संसदको कमाण्ड सम्हाल्न सुहाउँछ कि सुहाउँदैन ? यो गम्भीर प्रश्न हो ।”

सांसद खतिवडाले बोलिसकेपछि श्रेष्ठले आचरणको कुरा गर्छौं भने ल गरौं । सबै जनाको लेटरप्याडबाट के–के निस्किएको छ हेरौं र साच्चै पद्धति बनाऔं ।

उपसभामुखको विषयमा अनावश्यक मिडिया ट्रायल भएको र सहजै मानव तस्करीको आरोपसमेत लगाएको भन्दै उहाँले भन्नुभयो, ‘यति सजिलै मानव तस्कर डिक्लियर गर्न मिल्छ । ल डिक्लियर गर्नुस् त भुटानी शरणार्थी कसले गरेको हो भनेर ?’

पूर्वमन्त्री श्रेष्ठले साँच्चै छानबिन गर्ने हो भने रास्वपा तयार रहेको बताउँदै अगाडि भन्नुभयो, ‘एउटा महिला जसले यस्तो कठिन समयमा यहाँ आउनुभएको छ, उहाँलाई हेप्न चाहिँ नखोज्नुहोला ।’

सांसद श्रेष्ठले उपसभामुख रानाको विषयमा मिडिया ट्रायल भएको बताउनुभयो । संवैधानिक परिषद्मा सत्तापक्ष अल्पमतमा परेपछि उपसमामुख रानालाई मानव तस्करीजस्तो गम्भीर आरोप सत्तापक्षले लगाएको र रानाको चरित्र हत्या गर्ने नियतले सत्तापक्षले यो विषय उठाइरहेको पनि बताउनुभयो ।

आफ्नो भएभरको जायजेथा अनाथ आश्रममा दिने महिलाको चरित्र हत्या गर्न खोजिएको भन्दै उहाँले भन्नुभयो, ‘विधि पद्धति बसाउने हो भने सबैका लागि बनाऊँ । हामी त्यसका लागि तयार छौं । तर चरित्रहत्याका लागि पटक्कै तयार छैनौं ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.