खेलविविध

टोकियो ओलम्पिकको उद्घाटन सम्राट नारुहितोले गर्ने

जापानमा आयोजना हुने विश्व खेलकूदको महामेला ओलम्पिकको उद्घाटन सम्राट नारुहितोले गर्नुहुने तय भएको छ । ओलम्पिक तथा पारा ओलम्पिकको मानार्थ संरक्षक रहनुभएका सम्राटले शुक्रबार राजधानी टोकियोको राष्ट्रिय रंगशालामा उद्घाटन गर्नुहुनेछ ।

उद्घटन समारोहमा सम्राट नारुहितोका साथमाा साम्राज्ञी मासाकोको समेत उपस्थिति रहनेछैन भने राजपरिवारका अन्य सदस्य पनि रंगशालामा नजाने राजदरबारको सूचनामा जनाइएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण राजदरबारले गरेको यो निर्णयले ओलम्पिक उद्घाटन समारोहमा उपस्थित हुने अधिकारीहरु पनि एक्लै आउन दबाब परेको छ ।

त्यसै गरी राजधानी टोकियो लगायत अन्य क्षेत्रमा कोरोना संक्रमण पुनः बढ्न थालेकाले ओलम्पिक खेलहरु जस्तै उद्घाटन समारोह पनि बिनादर्शक आयोजना हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.