क्रिकेटखेल

एसिसी महिला एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित

श्रीलंकामा जारी एसिसी महिला एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ । आइतबार राति सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो ।

एसिया कप क्रिकेट

श्रीलंकाको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय आठ रन बनाएको थियो ।

नेपालका लागि कविता जोशीले २३ बलमा चार चौका र एक छक्काको सहयोगमा अविजित रहँदै ३१ रन बनाइन् भने सीता रानामगरले २६ रन जोडिन् । त्यस्तै पूजा महतोले २५ बनाइ आउट भइन् भने कविता कुँवरले १३ रन जोडिन् ।

पाकिस्तानका लागि सादिया इकबालले दुई विकेट लिइन् भनेफातिमा सानाले एक विकेट लिइन् । नेपालका तीन खेलाडी रनआउट भए । एक सय नौ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ११.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानको लागि गुल फिरोजाले ३५ बलमा १० चौकको मद्दतमा ५७ रन बनाइन् भने मुनीबा अलिले ३४ बलमा ८ चौकाको सहयोगमा ४६ रनमा अविजित रहिन् । नेपालको लागि कविता जोशीले एक विकेट लिइन् ।

जारी एसिया कपमा नेपालको यो दोस्रो खेलमा पहिलो हार हो भने पाकिस्तानको दोस्रो खेलमा पहिलो जित । नेपालले पहिलो खेलमा युएईलाई ६ विकेर्ले पराजित गरेको थियो भने पाकिस्तान भारतसँग ७ विकेटले पराजित भएको थियो । अब अन्तिम खेलमा नेपालले भारतसँग मंगलबार खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.