जल/वातावरण

पारी भगवान शिवको वासस्थान, वारी रावणको तपस्यास्थल

नेपालमा रहेका नदी, तालतलैयाहरुको आआफ्नै विशेषता स्थापित छन् । कुनै पनि प्राकतिक संरचनालाई धार्मिक मान्यतासंग जोडेर स्थापित गर्दा त्यसको संरक्षण हुने भएकाले नेपालमा जललाई देवताकै रुपमा पूजिन्छ ।

जललाई देवताका रुपमा मात्र होइन राक्षसका रुपमा पनि हेरिन्छ । जल नै जीवन हो भनिए पनि कतिपय तालहरुलाई अलग किसिमले व्याख्या गरिएको छ । यस्तैमा पर्दछ डोल्पाको जगदुल्ला गाउँपालिकास्थित राक्षस ताल ।

मानसरोबर नजिकै रहेको राक्षस तालको धार्मिक रुपमा रावणले तपस्या गरेको मान्यता रहेको छ भने प्राकृतिक रुपमा हेर्दा यो तालको पानी नुनिलो रहेको छ । यहाँ कुनै जलचर पाइँदैन ।

रावणले तपस्या गरेको एउटा मान्यता रहे पनि पानी नुनिलो हुँदा तीर्थयात्राको क्रममा यो तालमा नुहाउन नहुने र फर्केर पनि हेर्न नहुने धार्मिक मान्यता रहेको छ । बौद्ध धर्ममा भने गोलाकार मानसरोवर र अर्धचन्द्राकार राक्षस ताललाई क्रमशः उज्यालो र अँध्यारो पक्ष मानिन्छ। त्यसैले मानसरोवरको नजीकै रहेर पनि धार्मिक आस्थाले यहाँ पुग्ने पर्यटक निकै कम हुन्छन ।

सफा पानी पाइने मानसरोवरको नजीकै रहेर पनि यसमा नुनिलो पानी पाइने हुनाले यो तालमा कुनै पनि जलचर प्राणी तथा वनस्पती पाइदैन त्यसैले स्थानीय वासिन्दाहरू यसलाई विषालु पानीको ताल पनि मान्ने गर्छन।

राक्षस तालमा कैलाश पर्वतको छाया देखिनेछ । मानसरोबर नजिकै रहेर पनि राक्षस ताल चर्चाभन्दा बाहिर छ । यो ताल कर्णाली नदीको उद्गम हो भन्ने मान्यता स्थानीयको छ । तर, यस विषय पनि निश्चित छैन ।

मानसरोवर तथा कैलाश पर्वतको पश्चिममा अवस्थित ऐतिहासिक महत्त्वको राक्षस ताल सतलज नदीको उद्गमस्थान हो जुन नदी यो तालको उत्तर(पश्चिमी कुनाबाट निस्कन्छ।

धार्मिक मान्यता र जुन भूगोलमा राक्षस ताल अवस्थित छ त्यो आफैंमा चित्ताकर्षक छ । नजिकै कैलाश (तिब्बत) जहाँ भगवान शिवको बासस्थान र उहाँले जलक्रिडा गर्ने मानसरोबर छ भने त्यसको पश्चिममा रावणले तपस्या गरेको राक्षस ताल ।

रावण विश्वकै सबैभन्दा श्रेष्ठ शिवभक्त रहेको धार्मिक ग्रन्थहरुमा वर्णित छ । यसैले शिवको महिमासंग रावणको पनि चर्चा हुने हुँदा कैलाश र मान सरोवरको चर्चासंगै राक्षस तालको पनि चर्चा चुल्याउनुु आवश्यक छ ।

हिन्दु धर्मावलम्बीहरुको अति विशिष्ठ धार्मिक स्थल कैलाशको नजिक रहेर पनि पर्यटकीय हिसाबमा ओझेलमा परेको राक्षस तालको प्रचार हुन सके डोल्पाको पर्यटनमा नयाँ आयाम थपिनेछ ।

राक्षस वा अपवित्र मानिए पनि यो तालको आकारले भने नयाँ परिभाषा पाएको छ र आजभालि यहाँ जलयात्राको शुभारम्भ भएको छ । पानको पात आकार जस्तै देखिने भएकाले पछिल्लो समय यो ताललाई ‘माया’ तालको समेत उपमा दिन थालिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.