क्रिकेटखेल

एसिसी महिला एसिया कपमा नेपाल र भारत भिड्दै

एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

एसिया कप

श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयानुसार बेलुका ७ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल दोस्रो जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ ।

प्रतियोगितामा सेमिफाइनल सम्भावना कायम राख्न नेपालले भारतलाई हराउनु पर्ने दबाब छ । यता पाकिस्तान पनि युएईलाई पराजित गर्दै अन्तिम चारमा पुग्ने लक्ष्यमा रहेको छ । आजको खेलले समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

समूहमा अन्तिम खेल बाँकी रहँदा नेपाल र पाकिस्तानको समान २-२ अंक छ भने भारतको ४ अंक रहँदा युएईले अंक जोड्न सकेको छैन । प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.