क्रिकेटखेल

नेपाल एसिसी महिला एसिया कपको समूह चरणबाटै बाहिरियो

नेपाल एसिसी महिला एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

एसिया कप

श्रीलंकाको दाम्बुलामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ३ विकेट गुमाएर १७८ रन बनाएको थियो । भारतका लागि ओपनर सफाली वर्माले ४८ बलमा एक छक्का र १२ चौकाको मद्दतमा ८१ रनको अर्धशतकीय पारी खेलिन् भने अर्की ओपनर दयालन हेमलत्ताले ४२ बलमा एक छक्का र पाँच चौका प्रहार गर्दै ४७ रन जोडिन् ।

यी दुई ओपनरले पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरे । त्यस्तै सजीवन साना ११ बलमा १८ रन बनाएर आउट भइन् भने जेमिना रोड्रिगेजले १५ बलमा ५ चौकाको मद्दतले २८ रनमा अविजित रहिन् । नेपालका लागि सिता रानामगरले २ विकेट लिँदा कविता जोशीले एक विकेट लिइन् ।

भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । नेपालको लागि सिता राना मगरले १८ रन बनाइन् भने रुबिना क्षेत्रीले १५ रन जोड्दा कप्तान इन्दु बर्माले १४ रन बनाइन् । यस्तै बिन्दु रावल १७ रनमा अविजित रहिन् । भारतको लागि दीप्ती शर्माले ३ विकेट लिइन् भने राधा यादव र अरुन्धती रेड्डीले समान २-२ विकेट लिंदा रेनुका सिंहको भागमा एक विकेट रह्यो ।

यस खेलसंगै समूह ‘ए’ बाट भारत समूह विजेता र पाकिस्तान उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.