राजनीति

एमाले कार्यदल र दुबै पक्षका सांसदहरु छलफल गर्दै

विवाद हल गरेर पार्टी जोगाउन भन्दै दुवै तर्फका सांसदहरुले पार्टी एकता दबाव समूह गठन

पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरु सम्मिलित कार्यदलले पार्टी एकताका लागि तयार गरेको १० बुँदे सहमति कार्यान्वयनमा एकपक्षले अर्कोपक्षलाई दोषारोपण गरिरहेका बेला कार्यदलका सदस्य र एमाले सांसदहरु छलफलमा सक्रिय भएका छन् ।

नेकपा एमालेका दुवै तर्फ रहेका सांसदहरुले १० बुँदे सहमति जुटाउने कार्यदलमा रहेका नेताहरुसँग सिंहदरबारमा आज दिउँसो छलफल हुनेछ ।

अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूह वीचको विवाद हल गरेर पार्टी जोगाउन भन्दै दुवै तर्फका सांसदहरुले पार्टी एकता दबाव समूह बनाएका छन् ।

अभियानमा ओलीका तर्फबाट कृष्णप्रसाद दाहाल, डा. सूर्य पाठक, लालप्रसाद साँवा (एलपी), शान्ति पाख्रिन, यज्ञ बोगटी लगायत छन् भने नेपाल तर्फबाट यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा. दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढा लगायत सामेल छन् ।

आजको छलफलबारे जानकारी दिंदै सांसद यज्ञराज सुनुवारले पार्टी एकता जोगाउनेबारे कार्यदलका नेताहरुसँग छलफल गर्ने र एकता जोगाउन जोगाउन हाम्रो अभियान जारी रहने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.