जापान

एनआरएनए जापानको निर्वाचन अन्तिम चरणमा, ३२ स्थानका लागि ६२ जनाको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जुलाई २५ मा उम्मदेदवारी फिर्ता र दावी बिरोधको अवधि समाप्त भएसंगै अन्तिम उम्मेदवारी सार्वजनिक गरिएको छ ।

निर्वाचन समितिका अनुसार अध्यक्षसहित विभिन्न पदमा ३२ स्थानका लागि जुलाई २९ मा हुने निर्वाचनमा ६२ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्ष पदमा चारजनाको दावी रहेको छ । अध्यक्षका लागि नवीन निउरे, राजकुमा अधिकारी, रामकृष्ण श्रेष्ठ र संगीता अधिकारीबीच प्रतिस्पर्धा हुनेछ ।

अन्तिम उम्मदवारी सूची अनुसार अध्यक्षका लाग ४ जना, ५ उपाध्यक्षका लागि ८ जना, १ महिला उपाध्यक्षका लागि २ जना र महासचिवका लागि ३ जनाको उम्मेदवारी परेको छ ।

यसै गरी सचिवको पदमा ६ जना,, सचिव (महिला)मा १ जना र कोषाध्यक्षका लाग ४ जनाका र सहकोषाध्यक्षका लागि २ र सहकोषाध्यक्षा (महिला)मा १ जनाको उम्मेदवारी परेको छ ।

एनआरएनए को महत्वपूर्ण क्षेत्र मानिएको युवा संयोजकमा २ जनाको उम्मेदवारी परेको छ भने महिला संयोजकमा १ र ८ सदस्यीय सदस्य पदमा १७ जना, सदस्य (महिला)मा २, र अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यको ६ स्थानका लागि ९ जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारहरुको नामावली यस्तो छ

NRNA Japan Candidates

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.