एन आर एन न्युजजापान

एनआरएनए जापान निर्वाचन : सर्वसम्मतका लागि कार्यतालिका हेरफेर

यही जुलाई २९ गते हुन गैरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको ११ औं राष्टिय महाधिवेशनबाट हुने नयाँ नेतृत्व चयनका लागि सर्वसम्मत गर्ने प्रयास भैरहेको छ ।

अध्यक्ष, उपाध्यक्ष सहित ३२ स्थानका लागि हुने निर्वाचनमा ६२ जनाको उम्मेदवारी परेपछि सर्वसम्मत गर्ने प्रयास स्वरुप उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने मिति थप गरिएको छ ।

निर्वाचन समितिका अध्यक्ष डम्बरराज पौडेलले एक विज्ञप्ति जारी गरी निर्धारित कार्यतालिका अनुसार आज (जुलाई २६) साँझ ५ बजेसम्म तोकिएको दाबी, बिरोध तथा उम्मेदवारी फिर्ता तथा राति १० बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने समय थप गरिएको जानकारी दिनुभएको छ ।

विज्ञप्तिमा उम्मेदवारहरुबाट समय थप गरी सर्वसम्मत गर्ने प्रयास भैरहेको जानकारी बमोजिम थप गरिएकाले निर्धारित कार्यक्रम जुलाई २७ तारिख ५ बजेसम्म थप गरिएको जानकारी गराइएको छ ।

दावी, बिरोध र उम्मेदवारी फिर्ताको समय थप गरिएसंगै जुलाई २७ साँझ ६ बजे अन्तिम नामावली प्रकाशन गरिने र यस बाहेकका अन्य कार्यतालिका पूर्व निर्धारित अनुसार यथावत रहेको पनि जानकारी गराइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.