जन सरोकार

एक साताभित्र एसईईको नतिजा सार्वजनिकको तयारी, विद्यालयहरुले पूर्णांकभन्दा बढी अंक दिए

कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको यस वर्षको एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा स्थगित भएपछि विद्यालयहरुको आन्तरिक मूल्यांकनका आधारमा नतिजा सार्वजनिक गरिने भएपछि कतिपय विद्यालयहरुले विद्यार्थीको अंक पूर्णांकभन्दा बढी पठाएको समेत पाइएको छ ।

बोर्डले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताउँदै देशभरबाट सम्पूर्ण विवरण आइसकेको र अहिले हार्डकपी एवं सफ्टकपी रुजुको काम भइरहेको जनाएको छ ।

बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले सोमबार शिक्षा पत्रकार समूहको शिक्षाबारे भर्चुअल संवादमा नतिजा सार्वजनिक गर्न २५ वटा समूह बनाएर बिहीबारदेखि हार्डकपी र सफ्टकपी रुजुको काम भइरहेको जानकारी दिनुभएको हो ।

विगतमा देशभरका विवरण बोर्डमा ल्याएर मार्क लेजर तयार पार्दा केही प्राविधिक त्रुटि देखिने गरेकोमा यसपटक विद्यालय आफैंले लेजर तयार पारेकाले त्रुटि कम हुने अनुमान गरिएको छ ।

तर, विद्यालयले पठाएका विवरण जिल्लास्थित शिक्षा इकाइहरूमा सच्चिएर बोर्डमा आइपुग्दासमेत केही त्रुटि पाइएका छन् । एसइई मूल्यांकनका सन्दर्भमा विद्यालयहरू र इकाईहरूसमेत गम्भीर नदेखिँदा केही जिल्लामा समस्या देखिएको खकुरेलले बताउनुभयो ।

कुनैले सैद्धान्तिक, कुनैले प्रयोगात्मकतर्फको अङ्क दिन छुटाएका, कतै विषय विवरण गलत भर्ने गरेको समेत पाइएको छ ।

यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदै थिए। कोभिड १९ को महामारीका कारण परीक्षा सुरू हुनु एक दिनअघि ५ चैतमा परीक्षा स्थगित गरिएको थियो।

सरकारले कोभिड–१९ का कारण परीक्षा लिन सक्ने स्थिति नभएपछि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय लिएको हो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.