विश्व समाचार

एक महिनादेखि वेपत्ता चिनीयाँ विदेशमन्त्री बर्खास्त

चीन सरकारले विगत एक महिनादेखि सार्वजनिक रुपमा देखा अनुपस्थित विदेशमन्त्री छिन गाङलाई पदबाट हटाइएको छ । २५ जूनमा श्रीलंकाका विदेश मन्त्रीसँग बेइजिङमा भएको बैठकपछि गाङ सार्वजनिक जीवनमा देखा परेका छैनन्।

धेरैजसो विश्लेषकहरूले गाङको अनुपस्थितिमा स्वास्थ्यको कारण रहेको भनेर शङ्का गरे पनि उनको अनुपस्थितिबारे वाङ यीसँगको शक्ति संघर्ष र एक जना टेलिभिजन प्रस्तोतासँगको सम्बन्ध जस्ता अफवाह फैलिएको छ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार विगत एक महिनादेखि कहीं कतै देखानपरेका विदेशमन्त्री गाङलाई सरकारले बिना कुनै स्पष्टिकरण पदबाट हटाएको हो ।

चीन सरकारले गाङको स्थानमा यसअघिका विदेश मन्त्री वाङ यीलाई नियुक्त गरेको छ। चीनको व्यवस्थापकीय अङ्ग ‘न्याशनल पिपल्स कंग्रेस’ को ‘स्थायी समिति’ को विशेष बैठकले गाङलाई विदेश मन्त्रीको पदबाट मुक्त गरेको हो ।

केकति कारणले उनलाई पदमुक्त गराइएको हो भन्ने चाहिं खुलाइएको छैन । गाङ सार्वजनिक जीवनमा देखा पर्न छोडे लगत्तै स्वास्थ्यका कारण अनुपस्थित भएको भनिए पनि यो निर्णय गर्ने क्रममा चिनीयाँ अधिकारीहरूले उनी कहाँ छन् भन्ने खुलाएका छैनन्।

संयुक्त राज्य अमेरिकाका लागि चीनका पूर्व राजदूत समेत रहेका गाङ चिनियाँ राष्ट्रपति सी चिनफिङका निकट ठानिन्छन् । गत डिसेम्बरमा वरिष्ठ नेताहरूलाई पन्छाउँदै उनलाई विदेश मन्त्री बनाइएको थियो।

विदेश मन्त्रीबाट हटाइए पनि गाङ चीनको मुख्य प्रशासकीय संरचना ‘स्टेट काउन्सिल’ मा निश्चित पद विना रहनेछन्। भविष्यमा उनी चीनको विदेश मामिलामा जोडिनेछन् या छैनन् भन्ने खुलाइएको छैन।

अक्सफोर्ड विश्वविद्यालयमा चिनीयाँ राजनीतिका प्राध्यापक प्याट्रिसिया थोर्नटनका अनुसार गाङ स्टेट काउन्सिलमा रहिरहनुले उनीबारे अनुसन्धान भइरहेको तर उनलाई विदेश मन्त्रीबाट हटाउन आवश्यक आधार सिर्जना भइसकेको विश्लेषण गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.