राजनीति

गगन थापाले १५ हजार जरिवाना तिर्नु परेपछि

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य गगन थापाको नाम निर्वाचन खर्च विवरण नबुझाउनेको सूचीमा परेपछि थापाले र आयोगले तोके अनुसार जरिवाना तिर्दै बुझाइसकेको खर्च विवरण पुनः सार्वजनिक गर्नुभएको छ ।

महामन्त्री थापा

निर्वाचन आयोगले २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मदवारहरुको नामावली सार्वजनिक गर्ने क्रममा थापाको नाम पनि परेको थियो ।

आफ्नो नाम खर्च विवरण नबुझाउनेको सूचीमा परेपछि उहाँले निर्वाचन आयोगमा मिति २०७९ मंसिर २५ गते नै आफ्नो खर्च विवरण बुझाइसकेको जानकारी गराउनुभएको छ।

थापाले सामाजिक सञ्जालबाट आयोगको ध्यानाकर्षण गराउँदै लेख्नुभएको छ, “मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.