कोशीप्रदेश

थापा नेतृत्वको कोशी प्रदेश सरकार असंवैधानिक, सभामुखबाट गल्ती स्वीकार

सभामुख निष्पक्ष रहनुपर्ने भए पनि कोशी प्रदेशसभा सभामुख बाबुराम गौतमले असंवैधानिक रुपमा समर्थन गरेर गठन भएको प्रदेश सरकार असंवैधानिक ठहर भएको छ ।

बिहिबार सर्वोच्च अदालतले सभामुखको समेत समर्थनमा बहुमत जुटाएर नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा गरिएको नियुक्त बदर गरेको छ ।

सर्वोच्च अदालतले सभामुखको समर्थन असंवैधनिक भएको ठहर गर्दै थापाको नियुक्तिलाई बदर गर्दै कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ ।

सर्वोच्चले थापाको नियुक्ति बदर गरेसंगै ७ दिनभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिंदै सोा अनुसार नभए अर्को उपधारामा जान भनिएको छ ।

अर्थात अब फेरि संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको प्रयास हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन सक्ने दलले सरकार बनाउने छ ।

कुनै पनि दलले बहुमत जुटाउन नसके १६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्नेछन् ।

यसबीच कोशी प्रदेशका सभामुख बाबुराम गौतमले उद्धव थापालाई मुख्यमन्त्रीमा समर्थन गर्ने आफ्नो कदमलाई सर्वोच्च अदालतले ‘करेक्सन’ गरिदिएको बताउनुभएको छ ।

आफ्नो कदम असंवैधानिक ठहरिए पनि सभामुख गौतमले आफूले राजीनामा दिनेबारे नसोचेको र कसैले आफ्नो राजीनामा माग पनि नगरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.