राजनीति

हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा शुक्रबारदेखि सञ्चालनमा आएको हिल्टन होटलले विदेशी पर्यटक बढाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

हिल्टन होटल

नक्सालमा निर्माण भएको हिलटन होटलको शुभारम्भ गर्दै उहाँले अन्तर्राष्ट्रिय चेन होटल हिलटनले काठमाडौँमा पहिलो पटक सेवा सुरु गरेको उल्ल्ख गर्दै सफलताको शुभकामना समेत दिनुभयो । “हिलटन होटल सञ्चालनमा आएपछि मुलुकको पर्यटन तथा आतिथ्य क्षेत्रमा महत्वपूर्ण योगदान गर्नेमा विश्वास छु”, उहाँले भन्नुभयो ।

उक्त होटल शङ्कर ग्रुपले रु आठ अर्ब लगानीमा निर्माण गरेको हो । सात वर्षअघि निर्माण सुरु भएको हिलटन होटलमा एक सय ७४ रुम छन् । अन्तर्राष्ट्रिय चेन होटल हिलटन विभिन्न २४ वटा ब्राण्डमा सञ्चालित छ । हाल हिलटनका ब्राण्ड विश्वका १२६ देशमा फैलिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.