जापानराजनीति

जापानमा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति बढाउन शिक्षामन्त्री भट्टराईको आग्रह

शिक्षा मन्त्री विद्या भट्टराईले नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्तिको अवसर बढाउन आग्रह गर्दै जापानी विद्यार्थीलाई नेपालमा उच्च शिक्षाका लागि आउन प्रेरित गर्ने क्षेत्र सिर्जना गर्न आफूहरू तत्पर रहेको बताउनुभएको छ ।

शुक्रबार नेपालका लागि जापानका राजदूत किकुता युताकासहितको टोलीसंगको भेटवार्तामा मन्त्री भट्टराइले नेपाली शिक्षाको क्षेत्रमा जापान सरकारको थप मजबुत सहयोगको अपेक्षा गर्दै सो कुरा बताउनुभएको हो ।

मन्त्री भट्टराइले जापानले विशेष गरी २०१५ को भूकम्प र कोभिड–१९ महामारी जस्ता विपदमा जापानको निरन्तर सहयोगको प्रशंसा गर्नुभयो ।

मन्त्री भट्टराइले नेपाल(जापान द्विपक्षीय सम्बन्धको ७० वर्ष पुरानो मान्यतालाई स्वीकार गर्दै समग्र विकासमा सहयोग पुर्याउन शिक्षा क्षेत्रमा नेपाल र जापानबीच थप सहकार्यको अपेक्षा राख्नुभयो ।

भेटमा राजदूत किकुता युताकाले नेपाल र जापानबीचको दीर्घकालीन र सकारात्मक सम्बन्धमा जोड दिँदै शिक्षाले यी सम्बन्धलाई थप मजबुत बनाएको उल्लेख गर्नुभयो । उहाले दुई देशबीच सहकार्यका थप अवसर खोज्ने समेत उल्लेख गर्नुभयो ।

त्यसै गरी उक्त भेटमा सहभागी एसिया प्यासिफिक युनिभर्सिटी का उपाध्यक्ष ओकामुरा योसिफुमीले १०९ देशका ३ हजार जापानी र ३ हजार अन्तर्राष्ट्रिय विद्यार्थीसहित ६ हजार विद्यार्थी भर्ना भएको एपीयूमा नेपाली विद्यार्थीको बढ्दो उपस्थितिबारे चर्चा गर्नुभयो ।

एसिया प्यासिफिक युनिभर्सिटीको फोकस तीनवटा एशिया प्यासिफिक संकाय, अन्तर्राष्ट्रिय व्यवस्थापन, र दिगो पर्यटनरहेको उल्लेख गर्दै यी क्षेत्रहरूमा विशेष गरी वातावरण र पर्यटनले नेपालको आर्थिक वृद्धिलाई कसरी अघि बढाउन सक्छ भन्ने अनुसन्धानले नेपाली विद्यार्थीहरूलाई फाइदा पुग्ने र राष्ट्रिय विकासमा योगदान पुर्याउन सक्ने कुरामा जोड दिनुभयो ।

उपाध्याक्ष योसिफुमिले भूराजनीतिक चुनौतीका बाबजुद नेपालको सम्भावनाको चर्चा गर्दै जापानले नेपालको शैक्षिक क्षेत्रमा कसरी सहयोग गर्न सक्छ भन्नेमा चासो देखाउनु भएको थियो । उहाले पोखरामा भएको प्रभावशाली विकासको उल्लेख गर्दै पर्यटन प्रवद्र्धनका लागि विद्यार्थीसँग सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.