राजनीति

अध्यक्ष नेपालबाट खतिवडाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनेरास्ववियुका पूर्वनेता प्रिजा खतिवडाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

माधवकुमार नेपाल

खतिवडाको पार्थिव शरीर अन्त्येष्टिका क्रममा आज पशुपति आर्यघाटमा पुगेर उहाँले श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । गत बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा उहाँका श्रीमान मनुराज शर्मा र चार वर्षीय छोरा अधिराज शर्मासहित खतिवडाको निधन भएको थियो । उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए ।

परिवारले शिक्षण अस्पतालबाट आज शव बुझेपछि तीनै जनाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । त्यस्तै पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायत पार्टीका नेता कार्यकर्ता पशुपति पुगेर मृतकप्रति श्रद्धाञ्जली दिनुुका साथै परिवारलाई सान्त्वना दिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.