जन सरोकार

छुट्टाछुट्टै ठाउँमा आठ जना मृत अवस्थामा फेला

छुट्टाछुट्टै ठाउँमा आठ जना मृत अवस्थामा फेला परेका छन् । महोत्तरी, बर्दिबास नगरपालिका-१२ जुली बजार जाने बाटोमा गौशाला नगरपालिका घर भएका ४५ वर्षीय शोमा लाल चौधरी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै प्युठान, सरूमारानी गाउँपालिका-२ ददेरीस्थित गहनाखोलामा सोही ठाउँ बस्ने ५७ वर्षीय गुरू प्रसाद शर्मा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस्तै कैलाली, जोशीपुर गाउँपालिका-३ बस्ने ४२ वर्षीया हिरा देवी गड्सिला आफ्नै घरको आँगनमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

शव शंकास्पद अवस्थामा देखिएपछि आवश्यक सोधपुछ तथा अनुसन्धानको लागि मृतकका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता दार्चुला, नौगाड गाउँपालिका-५ स्थित सेलाबगर खोलामा सोही गाउँपालिका-३ खार बस्ने ३५ वर्षीय मनबिर बोहरा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यता रोल्पा, रून्टिगढी गाउँपालिका-६ सरिचौर बस्ने ६१ वर्षीय प्रेम बहादुर बुढा सोही ठाउँ डुब्रिङ चोकस्थित नालामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै नवलपरासी पूर्व, बिनयी त्रिबेणी गाउँपालिका-२ बाह्रघरे चोक नजिक बारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी रौतहट, गुजरा नगरपालिका-३ सिमरीस्थित लाल बकैया खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी मकवानपुर, बागमती गाउँपालिका-९ स्यालथुम वेसीस्थित बागमती खोला किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.