एन आर एन न्युज

एनआरएनए कोरियाको अधिवेशनमा राज्यमन्त्री श्रीपाली र सांसद ढकाल कोरियामा

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरियाको अधिवेशनमा अतिथिका रुपमा सहभागी हुन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरी र रास्वपा सांसद हरि ढकाल दक्षिण कोरिया पुग्नुभएको छ ।

कोरियाको ईन्चोंग एयरपोर्टमा मन्त्री श्रीपाली र सांसद ढकाललाई नेपाली राजदूतावास सिउल र एनआरएनए कोरियाद्वारा भव्य स्वागत गरिएको छ ।

स्वागतका लागी नेपाली राजदुतावास सिउलका डिसिएम पुस्पराज भट्टराई, एनआरएनए आइसिसि सदस्य विमल सुवेदी,एनआरएनए कोरियाका अध्यक्ष दीपक पुन, वरिष्ठ उपाध्यक्ष सन्जिव राई, एनआरएनए कोरियाका पूर्व सचिव राजकुमार स्याङतानल गायत पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

एनआरएनए कोरियाको अधिवेशनका लागि सम्पुर्ण तयारी सकिएको छ र कार्यक्रम सभ्य र भव्य बनाउन एनआरएनए कोरियाको कार्यसमिती लागिपरेको अध्यक्ष दीपक पुनले बताउनुभयो ।

कार्यक्रममा नेपालबाट प्रमुख अतिथीको रुपमा आएकी राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले कोरियामा रहेका नेपाली संघ,सँस्था र नेपालीहरुसँग छलफल गर्ने बताईन ।

अधिवेशनमा नेपाली राजदूतावास सिउलका राजदूत ज्योती प्याकुरेल भण्डारी, एनआरएनए आइसिसी अध्यक्ष विनोद कुँवर, एनआरएनए आइसिसीका पदाधिकारीहरु, विभिन्न देशबाट एनआरएनए पदधिकारीहरुको उपस्थित रहने छ ।

एनआरएनए दक्षिण कोरियाको आगामी कार्यकाल २०२३ देखि २०२५ को लागि जुलाई २९ मा अधिवेशन र जुलाई ३० मा नयाँ कार्यसमिति चयनका लागि मतदान गरिंदैछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.