राजनीति

कांग्रेस एमालेको सरकार ०८४ को निर्वाचनसम्मै : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक विकासका लागि कांग्रेस र एमालेको संयुक्त सरकार गठन भएको र यो आगामी निर्वाचनसम्मै रहने बताउनुभएको छ ।

शनिबारदेखि सुरु भएको राष्ट्रिय युवासङ्घ नेपाल गण्डकी प्रदेशकोे प्रथम अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुरुङले विकासको गति बढाउनका लागि दुई ठूल मिल्नुपरेको स्पष्ट पार्नुभयो ।

सबै क्षेत्रको विकासमा सरकारले ध्यान दिने बताउँदै मन्त्री गुरुङले मुलुकलाई विकसित देशको दाँजोमा लैजानका लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी ओलीलाई प्राप्त मत अझै थपिँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले एक महिनाभित्रमा सबै मन्त्रीहरूलाई देखिनेगरी काम गर्न निर्देशन दिनुभएको र सोही अनुरूप मन्त्रीहरू अघि बढेकाले कामको गति देखिने मन्त्री गुरुङको भनाइ छ ।

उहाँले विकासका कार्यक्रमलाई तीब्ररूपमा अगाडि बढाएर सरकारले जनतामा आशाको सञ्चार गराउने अठोट लिएको बताउनुभयो ।

कार्यक्रममा एमाले पोलिब्यूरो सदस्य तथा युवासङ्घका पूर्वअध्यक्ष महेश बस्नेतले देश बनाउने जिम्मा युवाहरूको काँधमा आएकाले सोही अनुरूप युवाहरू अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । एमाले पार्टीले युवाहरूलाई विभिन्न अवसर दिँदै आएको उहाँको भनाइ छ ।

सङ्घका केन्द्रीय पूर्वअध्यक्ष राजीव पहारीले युवाहरूले देश निर्माणमा ठूलो योगदान दिएको र राज्यले पनि सोही अनुरूप युवाहरूलाई अवसर प्रदान गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै एमाले केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमान घले, एमाले गण्डकी प्रदेश सचिव धनजय दवाडीले युवासङ्घले जनतामा विश्वास जगाएर काम गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.