बिपी र माओका पालादेखिको काँग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीको सम्बन्ध
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले बिपी कोइराला र माओत्से तुङ्का पालादेखिको काँग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीको बीचको सम्बन्ध रहिआएको बताउँदै दुई पार्टीको सम्बन्ध अरु सुदृढ हुनुपर्नेमा जोड दिनुभएको छ ।
नेता पौडेल र राजदूत यान्छीबीच मंगलबार भएको शिष्टाचार भेटवार्तामा सो कुरा उल्लेख गर्नुभएको हो । वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा भएको भेटवार्तामा नेपाल र चीनबीचको औपचारिक सम्बन्ध स्थापना भएको ६५औँं वर्ष गाँठको अवसरमा भेट भएको नेता पौडेलको निजी सचिवालयले जनाएको छ ।
सो अवसरमा उहाँहरुबीच बिपी कोइराला र माओत्से तुङ्का पालादेखिको काँग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीको बीचको सम्बन्ध तथा चीन सरकारले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोभिड–१९ नियन्त्रणका लागि सहयोग गर्ने बारेमा छलफल भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्