जल/वातावरण
कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने १० जना सेनामा संक्रमण
कोरोना संक्रमणबाट मृत्यु भएका एक व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित १० जना महोत्तरीको रणभीम गण प्रकौली ब्यारेकमा कार्यरत हुन् ।
महोत्तरी गाउँपालिका मडैमा कोरोनाबाट एकजनाको मृत्यु भएपछि उनको शव व्यवस्थापनमा ती नेपाली सेनाहरु नै खटिएका थिए । महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले संक्रमण पुष्टि भएका सबैलाई उपचारको लागि नेपाली सेनाकै बर्दिबासस्थित किशान गंजको आइशोलेसनमा पठाइएको छ ।
प्रजिअ कटवालले करिब २२ जना नेपाली सेनाको स्वाब संकलन गरेर जाँच गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएँदै शव व्यवस्थापनमा खटिएका सेनाहरु पहिलेदेखि नै आइसोलेशनमा बस्दै आएकाले ब्यारेकलाई शिल नगरिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्