टोकियोमा दुईदिने नेपाल फेष्टिवल सुरू
जापानको राजधानी टोकियोको मध्य भागमा पर्ने नाकानो पार्कमा आज शनिबारबाट दुईदिने नेपाल फेष्टिवल सुरू भएको छ।

गैरआवासीय नेपाली संघ एनआरएनए जापान र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा टोकियो नाकानो सिकिनो मोरी पार्कमा फेष्टिवल सुरू भएको हो ।
जापानीहरूमा नेपाली कला, संस्कृति सहित नेपालको पर्यटन प्रवद्वन गर्ने मुख्य उदेश्य सहित आयोजना गरिदै आएको फेष्टिवल १२ औ पटक आयोजना गरिएको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिनुभयो।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले एक समारोहका बीच उदघाटन गर्ने फेष्टिवलमा जुलाई ३० र ३१ तारिक दुवै दिन नेपाली आदिवासी जनजातिका सास्कृतिक भेसभुसा सहित झल्कने कार्यक्रम सहित झाकी तथा विविध कार्यक्रम हुने एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेले जानकारी दिनुभयो ।
यस्तै समारोहमा नेपालको ग्रामिण परिवेश झल्कने पुराना माटोले पोतेका घर सहित हिमाल अनि पहाड लगायतका मनोरम दृश्य समेटिएका पर्चा तथा पोस्टरहरूले पार्क दुलहि झै सिंगारिएको छ।
यसै गरी फेष्टवलमा नेपाली स्वाद पस्कने मौलिक नेपाली खानाका परिकार पस्कने रेष्टुरेन्ट तथा नेपालीहरूद्वारा संचालन गरिएका व्यवसायीक कम्पनी गरी ४० वढी स्टलहरू समेतको सहभागिता रहेको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो।
प्रतिक्रिया राख्नुहोस्