खेलविविध

तेक्वान्दो निर्णायक अशोक कोरिया जाँदै

किम योङ कप तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का सोमबार दक्षिण कोरियाको मुजु जाने भएका छन् ।

तेक्वान्दो निर्णायक

विश्व र्याङकिङ जि–२ प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अशोक कोरिया जान लागेका हुन् । प्रतियोगिता यही साउन १७ देखि २२ गतेसम्म हुनेछ ।

उनले ग्योरोगी र पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाई गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.