विश्व समाचार

विश्वमा कोरोनाबाट मृत्यु हुने छ लाख ८३ हजार, भारतमा एकैदिनमा ५७ हजार भन्दा बढी सङ्क्रमित

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण छ लाख ८३ हजार ३८९ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले शनिबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार शनिबारसम्म विश्वभरीमा एक करोड ७७ लाख ७८ हजार ६४६ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड ११ लाख ७७ हजार १३२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५९ लाख १८ हजार १२५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार ६०४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४७ लाख ६ हजार ५९ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५६ हजार ७५२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४१ लाख २० हजार ७०५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ४३ हजार ९०६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५५ लाख २५ हजार २७८ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख १९ हजार २८८ जनाको मृत्यु भएको छ । युरोपमा २८ लाख ७९ हजार ३६८ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ३ हजार ४३२ को मृत्यु भएको छ ।

एशियामा ४३ लाख १ हजार ७७० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ९६ हजार ७९६ जनाको मृत्यु भएको छ । अफ्रिकामा नौ लाख ३१ हजार ७७७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १९ हजार ७२६ जनाको मृत्यु भएको छ । ओसियानामा १९ हजार २७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२६ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा सङ्क्रमित भएका मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो । अधिकारीहरुले शनिबार विहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ११७ सङ्क्रमित भएका छन् ।

योसँगै देशभरी कोरोनाबाट अहिलेसम्म सङ्क्रमितहरुको संख्या १६ लाख ९५ हजार ९९८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेभसाईटमा उल्लेख भए अनुसार कुल सङ्क्रमित मध्ये पाँच लाख ६५ हजार १०३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी दश लाख ९४ हजार ३७४ जना सङ्क्रमणमुक्त भएको पनि अधिकारीहरुले जनाएका छन् ।

भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ३६ हजार ५११ जनाको मृत्यु भएको छ । ती मध्ये ७६४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोरोनाले सवैभन्दा धेरै महाराष्ट्र प्रदेशलाई असर पारेको छ ।

यस प्रदेशमा अहिलेपनि एक लाख ५० हजार ९६६ जना सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी मृत्यु भएकाहरुको संख्या १९ हजार ९९४ रहेको छ ।

मन्त्रालयका अनुसार तमिलनाडु प्रान्तमा ५७ हजार ९८६ जना सङ्क्रमित अवस्थामै रहेका बेला तीन हजार ९३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.