कोशीप्रदेश

प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउँछौँ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

मुख्यमन्त्री कार्की

नेपाल चिकित्सक सङ्घ कोशी शाखाद्वारा बुधबार साँझ यहाँ आयोजित २०८१/८४ को निर्वाचित कार्यसमितिका पदाधिकारीलाई पदस्थापन समारोहको उद्घाटन गर्दै उहाँले ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई जनमुखी स्वास्थ्य सेवा सहज रुपमा प्रदान गर्ने उद्देश्यले यसपालीको नीति तथा कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले सरकारले जनताको घरघरमा स्वास्थ्य सेवा पुर्‍याउनका लागि के–कस्तो नीति आवश्यक पर्छ भन्ने उद्देश्यले चाँडै एक कार्यदल गठन गर्ने जानकारी दिँदै यसका लागि आवश्यक सुझाव दिन सङ्घलाई आग्रह गर्नुभयो ।

उहाँले सरकारी स्वास्थ्य संस्थाको जीर्ण रहेको भौतिक संरचनालाई बलियो बनाउने कार्य सुरु गरेको बताउँदै यसै क्रममा विराटनगरमा सुविधा सम्पन्न आधुनिक प्रविधियुक्त प्रदेशस्तरीय प्रयोगशाला निर्माणगरी सञ्चालनमा आएको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले सरकारले स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मा लिने बताउँदै समयमा जानकारी प्राप्त भएमा दोशीलाई कारबाहीगरी समाजमा सकारात्मक सन्देमा सन्देश प्रभाव गर्ने विचार राख्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले चिकित्सक विदेश पलायन रोक्न आवश्यक सेवासुविधा स्वदेशमा उपलब्ध गराउनुपर्ने सुझाव दिनुभयो ।

सङ्घका केन्द्रीय अध्यक्ष अनिलविक्रम कार्कीले व्यवस्था परिवर्तन भए पनि चिकित्सकको अवस्था परिवर्तन नभएको गुनासो व्यक्त गर्नुभयो । मुख्यमन्त्री कार्कीले सङ्घका नवनिर्वाचित अध्यक्ष डा राजेन्द्र चौधरीलगायत समितिका पदाधिकारीहरूलाई निर्वाचित प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.