राजनीति

राजनीति व्यापार भयो, हिजो थोत्रा चप्पल लगाउनेहरूले ठूला–ठूला महल बनाए

चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही राजनीतिक दलका केही नेताले राजनीतिलाई व्यापार बनाएको गुनासो गर्नुभएको छ । उहाँले भन्नुभयो, “राजनीति भनेको समाज सेवा हो, तर केही नेताले राजनीतिलाई व्यापार बनाए, जसका कारण देश उँभो लाग्न सकेन, नेता मात्र उँभो लागे, हिजो थोत्रा चप्पल लगाउनेहरूले ठूला–ठूला महल बनाए ।”

संवाद क्लब नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले राजनीति देश र जनताका लागि भए पनि त्यसो हुन नसकेको र भागवण्डामा सीमित भएको गुनासो गर्नुभयो । जनताको बलिदानबाट प्राप्त भएको व्यवस्था खराब नभए पनि सञ्चालन गर्ने नेताहरूमा इमान नभएको दुखेसो गर्नुभयो ।

उहाँले सत्तारुढ नेकपाभित्रको पछिल्लो विवादलाई अध्यक्ष केसीले नेता केन्द्रित राजनीतिको सङ्ज्ञा दिनुभयो । उहाँले नेकपामा भावनात्मकरूपमा एकता नै नभएका कारण समस्या आएको बताउनुभयो ।

सो अवसरमा राजनीतिक विश्लेषक विष्णुप्रसाद शर्माले राजनीतिक दलका नेताले देश र जनताको पक्षमा काम गर्न नसकेको बताउनुभयो । उहाँले देशमा भ्रष्टाचार बढेकामा चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.