राजनीति

सुशासन कायम गर्न प्रतिबद्ध छौँ : उपमहासचिव पुन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पार्टी नेतृत्व सुशासन कायम गर्ने नीतिमा अडिग रहेको र सोहीअनुसार अघि बढ्ने बताउनुभएको छ ।

अर्थमन्त्री पुन

पार्टीसम्बद्ध काठमाडौँ–दोरम्बा सम्पर्क मञ्चले शनिबार आयोजना गरेको कार्यक्रममा नेता पुनले सुशासन कायम गर्ने सवालमा आफूहरु प्रतिबद्ध रहेको र सोही विषयलाई लिएर जनतामा जाने जानकारी दिनुभयो ।

पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेता पुनले भ्रष्टाचार, अनियमितता र राज्य दोहनविरुद्ध प्रतिपक्षमा बसेर सङ्घर्ष गर्ने नीतिमा आफूहरु रहेको उल्लेख गर्नुभयो ।

“पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेढ वर्ष सरकारको नेतृत्व गर्दा भ्रष्टाचार, अनियमिताता र बिचौलिया प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्नुभयो । सरकारबाट बाहिरिँदा माओवादी सरकारमा छँदा गलत काम गरेन भनेर मानिसहरूले भनिरहेका छन्”, उहाँले भन्नुभयो ।

नेपाली जनताले प्राप्त गरेका अधिकार खोस्ने र मुलुकलाई पछाडि फर्काउने गरी संविधान संशोधन भए सफल हुन नदिइने बताउनुभयो । त्यस अवसरमा माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठले सरकारमा छँदा आफूहरुले गरेका सकारात्मक कामको अनुभवसहित जनतामा जानुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.