कर्णाली प्रदेशमा बनेको नेकपा एमाले नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट सहभागी भएका चार मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
नवनियुक्त चार मन्त्रीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । नेपाली कांग्रेसले गत शुक्रबार सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।
प्रदेश सरकारमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रीमा विजया लामा नियुक्त हुनुभएको हो ।
८ सदस्यीय मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ । कांग्रेस सरकारमा सहभागी भएपछि मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत लिनुहुनेछ ।
प्रतिक्रिया राख्नुहोस्